नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गर्न प्रेम आलेको माग « Khabarhub

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गर्न प्रेम आलेको माग


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै उनले क्यानका महानिर्देशक अधिकारीलगायत आठ जनालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका हुन् ।  

‘म सरकारसँग तत्काल क्यानका महानिर्देशक लगायत आठ जनालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउनको लागि म माग गर्न चाहन्छु,’ आलेले भने । 

सांसद आलेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको ठहर गर्दै अधिकारीलाई निलम्बन गर्न अख्तियारलाई सिफारिस गरेको पनि स्मरण गराए । 

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जेठ ७ गते सार्वजनिक लेखा समितिले अनियमितता ठहर गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि सिफारिस गरेको थियो,’ उनले भने, ‘आज करिब ४७ दिन भइसकेको छ । न ती पदाधिकारीहरू निलम्बन भएको छन्, न कारबाही प्रक्रिया अगाडि बढेको छ ।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : २३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले