रास्वपा र राप्रपाले बहिष्कार गरेपछि संसद्‍मा कुर्सी खाली (तस्बिरहरू) « Khabarhub

रास्वपा र राप्रपाले बहिष्कार गरेपछि संसद्‍मा कुर्सी खाली (तस्बिरहरू)


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेपछि संसद्‌मा कुर्सीहरू खाली देखिएका छन् । 

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित पूर्वमुख्य सचिव शंकरदास वैरागी नेतृत्वको समिति अस्वीकार गरेका दुबै दलहरूले मंगलबार एकसाथ बैठक बहिष्कार गरेका हुन् ।

बैठकको सुरुवात मै रास्वपाका तर्फबाट सांसद सोविता गौतम र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टीका तर्फबाट धारणा राख्दै संसद् बहिष्कारको घोषणा गरेका थिए । 

यसअघि सोमबारको बैठकमा रास्वपाले वेल घेराउ गरेको थियो भने राप्रपाले बहिष्कार गरेको थियो । दुवै दल जेठ १३ गतेदेखि लगातार संसद्मा भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ३९ बजे

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति