कांग्रेस सांसद गौतमको माग- जापान जाने प्रशिक्षार्थी कामदारसँग अनधिकृत भाषा परीक्षा रोकौँ « Khabarhub

कांग्रेस सांसद गौतमको माग- जापान जाने प्रशिक्षार्थी कामदारसँग अनधिकृत भाषा परीक्षा रोकौँ


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनाधिकृत भाषा परीक्षा दिन बाध्य पारिने विषय संसद्मा उठाएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठको शूनय समयमा उनले उक्त विषयसँग जोडिएको सिन्डिकेट बारेमा संसद्को ध्यानाकर्षण गराएकी हुन् ।

‘म आज, जापानको भिसा (सीओई) पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनासँग जोडिएको सिन्डिकेट बारेमा ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद गौतमले भनिन् ।

उनले हजारौँ युवाको रोजगार सपनासँग जोडिएको उक्त विषयमा सरकार टुलुटुलु हेरेर चुप रहन नमिल्ने भन्दै अनाधिकृत सिन्डिकेट तुरुन्त खारेज गर्न र सिन्डिकेटमा संलग्नमाथि कारबाही गर्न माग गरिन् ।

उनले भनिन्, ‘वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउन माग गर्दछु ।’

सांसद् गौतमले जान नामक संस्थामार्फत् विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको विभिन्न तथ्य मिडियामार्फत् उजागर भएको पनि सदनलाई जानकारी गराइन् ।

‘यो विषयमा पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही भएन,’ उनले भनिन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ३९ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका