कांग्रेस सांसद गौतमको माग- जापान जाने प्रशिक्षार्थी कामदारसँग अनधिकृत भाषा परीक्षा रोकौँ « Khabarhub

कांग्रेस सांसद गौतमको माग- जापान जाने प्रशिक्षार्थी कामदारसँग अनधिकृत भाषा परीक्षा रोकौँ


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनाधिकृत भाषा परीक्षा दिन बाध्य पारिने विषय संसद्मा उठाएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठको शूनय समयमा उनले उक्त विषयसँग जोडिएको सिन्डिकेट बारेमा संसद्को ध्यानाकर्षण गराएकी हुन् ।

‘म आज, जापानको भिसा (सीओई) पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनासँग जोडिएको सिन्डिकेट बारेमा ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद गौतमले भनिन् ।

उनले हजारौँ युवाको रोजगार सपनासँग जोडिएको उक्त विषयमा सरकार टुलुटुलु हेरेर चुप रहन नमिल्ने भन्दै अनाधिकृत सिन्डिकेट तुरुन्त खारेज गर्न र सिन्डिकेटमा संलग्नमाथि कारबाही गर्न माग गरिन् ।

उनले भनिन्, ‘वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउन माग गर्दछु ।’

सांसद् गौतमले जान नामक संस्थामार्फत् विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको विभिन्न तथ्य मिडियामार्फत् उजागर भएको पनि सदनलाई जानकारी गराइन् ।

‘यो विषयमा पटक–पटक वैदेशिक रोजगार व्यवसायीहरू, उपभोक्ता अधिकारवादी र मिडियाका तर्फबाट सरकारको ध्यानाकर्षण गराइए पनि सुनुवाइ सुधार केही भएन,’ उनले भनिन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ३९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक