गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना « Khabarhub

गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– उत्तरी गाजा पट्टीमा भएको लडाइँमा पाँच इजरायली सैनिक मारिएको इजरायली सेनाले मंगलबार बताएको छ । यसअघि इजरायल र हमासले कतारमा अप्रत्यक्ष युद्धविराममा अप्रत्यक्ष वार्ता गरेका थिए ।

इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘उत्तरी गाजा पट्टीमा लडाइँका क्रममा दुई सैनिकको मृत्यु भएको छ, उही घटनामा अन्य तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन् ।’

घाइते सैनिकहरूलाई ‘उपचारका लागि अस्पताल लगिएको र उनीहरूका परिवारलाई सूचित गरिएको’ सेनाले बताएको छ 

गाजामा लगभग दुई वर्षको युद्धमा पछिल्लो चरणको वार्ता दोहामा आइतबार सुरु भएको छ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासका प्रतिनिधिहरू एउटै भवनको विभिन्न कोठामा बसेका थिए । सोमबारको वार्ता ‘कुनै सफलता बिना’ समाप्त भएको वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले बताए ।

हमास र इजरायली प्रतिनिधिमण्डलहरूले वार्ता पुनः सुरु गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ पनि यस हप्ता युद्धविराम सुरक्षित गर्ने प्रयासमा उनीहरूसँग सामेल हुने तय गरिएको थियो ।

अमेरिकी प्रस्तावमा ६० दिनको युद्धविराम समावेश थियो । उक्त प्रस्तावअनुसार हमासले अक्टोबर सन् २०२३ अक्टोबरमा इजरायलमा भएको आक्रमणका क्रममा बन्धक बनाइएका १० जीवितलाई रिहा गर्नेछ र इजरायलले हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा धेरै शव फिर्ता गर्ने छलफलको नजिक रहेका दुई प्यालेस्टिनी स्रोतले बताएका छन् ।

हमासले इजरायलको फिर्तीका लागि केही सर्तहरू, वार्ताको क्रममा लडाइँ पुनः सुरु नगर्ने ग्यारेन्टी र संयुक्त राष्ट्रसङ्घीय नेतृत्वको सहायता वितरण प्रणाली फिर्ता गर्न पनि माग गरिरहेको छ ।
 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : २४ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी