सोबितालाई महेशको चुनौती- प्रधानमन्त्रीसँग स्पेन गएर नफर्किनेको नाम बताउनुस्  | Khabarhub Khabarhub

सोबितालाई महेशको चुनौती- प्रधानमन्त्रीसँग स्पेन गएर नफर्किनेको नाम बताउनुस् 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्रीसंग स्पेन भ्रमणका गएकाहरू नफर्किएको भन्ने रास्वपाका सांसदको आरोपप्रति आपत्ति जनाएको छ ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सोबिता गौतमले स्पेन भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै गएका केही व्यक्तिहरू नफर्किएको बताएकी थिइन् । 

त्यसपछि बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसदको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे । 

उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसद्लाई जानकारी गराउन समेत चुनौती दिए ।  

बैठकमा सरकारप्रति उठेका विषयलाई दलका सांसदले जवाफ दिएको भन्दै माओवादी सांसदहरूले आपत्ति जनाएका थिए । 

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसदले सरकारसँग माग गरेको प्रश्नको जवाफ सरकारकातर्फबाट प्रधानमन्त्री र मन्त्रीहरूले दिनुपर्ने बताए ।  

त्यस्तै उनले सरकारको दबाबमा संसद्को कार्यसूची हटाउने काम भएको भन्दै सदनलाई हेप्ने काम भएको जिकिर गरे ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ०१ बजे

बिरामी मोहन वैद्य भेट्ट घरमै पुगे प्रचण्ड

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

काठमाडौं– घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ । विशेष

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त

कोलम्बो- श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

बागलुङ– शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम र शीतल

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर