नर्भिक अस्पतालले तिर्‍यो १८ लाख क्षतिपूर्ति | Khabarhub Khabarhub

नर्भिक अस्पतालले तिर्‍यो १८ लाख क्षतिपूर्ति


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थापाथलीस्थित नर्भिक अस्पतालले उपचार क्रममा लापरवाही गरेको भन्दै परेको उजुरीमा पीडितलाई १८ लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तथा उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्माको रोहबरमा मङ्गलबार अस्पताल प्रशासन र पीडितबीच क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मिलापत्र भएको हो ।

उपचार गराउन ७० वर्षीय उषादेवी यादव नर्भिक अस्पताल गएकी थिइन्‌ । तर, उपचारपछि पक्षघात भएपछि उनका छोरा जयप्रकाश यादवले जिल्ला अदालत काठमाडौँमा जाहेरी दिएका थिए ।

उपभोक्ता अदालतले ओम अस्पताल, ग्रान्डी सिटी क्लिनिक र हिमाल अस्पताललाई क्षतिपूर्ति तिराउनेगरी गरेको फैसलाविरुद्ध चिकित्सकहरूले आन्दोलन गरिरहँदा नर्भिकले क्षतिपूर्ति तिरेको हो ।

जिल्ला अदालतले उक्त जाहेरी गत वैशाखमा उपभोक्ता अदालतमा पठाइदिएको थियो ।

नेपालकै महङ्गो मानिने नर्भिक अस्पतालका संस्थापक तथा अध्यक्ष व्यवसायी वसन्तकुमार चौधरी हुन्‌ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ३६ बजे

नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास

काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा

‘परान’मा दर्शक बढ्न लागेपछि निर्माताले भने– चाँडै अर्को फिल्म घोषणा गर्छौं

काठमाडौं – प्रदर्शनरत ‘परान’का निर्माता रञ्जित आचार्यले चाँडै अर्को फिल्म

घनेन्द्र र जीवनरामलाई साक्षी राख्दै घनश्यामको टिप्पणी- भ्रष्टाचार मुद्दा लागेपछि पद छाड्नुभन्दा माधव नेपालले बहुमतको बल देखए

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

काठमाडौं– नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च

बढ्यो ट्रम्पको तनाव : मेयर जितेपछि ममदानीले भने, ‘न्यूयोर्कले तपाईंलाई जन्मायो, अब उसैले हराउनेछ’

न्यूयोर्क- भारतीय मूलका डेमोक्र्याट उम्मेदवार जोहरान ममदानी अमेरिकी सहर न्यूयोर्कका