मधेश प्रदेशसभामा बजेट विवाद : प्रतिपक्षीले तेस्रो दिन पनि चल्न दिएनन् सदन, नाउपाले लियो समर्थन फिर्ता | Khabarhub Khabarhub

मधेश प्रदेशसभामा बजेट विवाद : प्रतिपक्षीले तेस्रो दिन पनि चल्न दिएनन् सदन, नाउपाले लियो समर्थन फिर्ता


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशसभामा बजेटसम्बन्धी विवाद चर्किएपछि मंगलबार लगातार तेस्रो दिन पनि सदनको काम कारबाही अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूले वर्तमान बजेटलाई ‘असमान’ र ‘बिचौलियाबाट प्रभावित’ भन्दै यसको पुनर्लेखनको माग गर्दै तेस्रो दिन पनि सदन अवरुद्ध गरेका हुन् ।

सभामुखलाई सम्बोधन गर्दै सांसदहरूले नीति निर्माण प्रक्रिया नै दूषित भएको आरोप लगाएका छन् । उनीहरूले यो बजेट मधेशका जनताको प्रतिनिधित्व गर्ने गरी पुनर्लेखन गरिनुपर्नेमा जोड दिए । 

प्रतिपक्षी सांसदहरूले प्रदेशमा बिचौलिया हाबी भएको र अति भ्रष्टाचार बढेको दाबी गर्दै आफ्ना मागहरू पूरा नभएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।

सत्तापक्षका केही सदस्यहरूले संसद् चल्न दिन र आफ्नो धारणा रोस्टममा गएर सुनाउन आग्रह गरेका थिए । यद्यपि प्रतिपक्षी दलहरूको अवरोधका कारण आजको प्रदेश सभा बैठक स्थगित भएको छ ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंहले मंगलबार बसेको प्रदेश सभा बैठकमै बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको दाबी गरिन् ।

उनले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी समेत गराइन् ।

सदन लगातारअवरुद्ध हुँदा सभामुख रामचन्द्र मण्डलले सदनलाई बन्धक बनाउनु कदापि उचित नहुने भन्दै छलफल र बहसका लागि सदन सुचारु हुनुपर्नेमा जोड दिएका छन् । 

सभामुखका अनुसार, सत्ता पक्ष र प्रतिपक्षबीच तालमेल हुनुपर्छ र यसका लागि सम्झौताको प्रयास भइरहेको छ ।

यस गतिरोधलाई अन्त्य गर्न पटक पटक सर्वदलीय बैठकहरू बसे पनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ३० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं