प्रतिनिधिसभा बैठक : संवैधानिक परिषद्लाई समावेशी ढङ्गले चलाउनुपर्नेमा जोड « Khabarhub

प्रतिनिधिसभा बैठक : संवैधानिक परिषद्लाई समावेशी ढङ्गले चलाउनुपर्नेमा जोड


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल भए पनि स्वीकृत गरिएन ।

सो प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राखेर प्रधानमन्त्रीका तर्फबाट रक्षामन्त्री मानवीर राईले जवाफ दिने समयमा सभामुख देवराज घिमिरेले विशेष कारणवश कार्यसूचीबाट हटाइएको जानकारी गराए।

त्यसअघि सांसद वर्षमान पुनले संवैधानिक परिषद्लाई समावेशी बनाउनुपर्ने र ठीक ढङ्गले चलाउनुपर्ने बताए। उनले विगतमा परिषद्लाई दुरुपयोग गरिएको घटनाक्रमले पुष्टि गरेको उल्लेख गर्दै परिषद्मार्फत नियुक्ति भएर आउने व्यक्तिहरू स्वेच्छाचारी भएको धारणा राखे ।

सांसद प्रकाश ज्वालाले परिषद्को निर्णय प्रक्रिया र विधिमा सरकार हाबी भएको विगतको घटनाक्रमले स्पष्ट पारेको उल्लेख गर्दै नयाँ विधेयकमा समेत प्रधानमन्त्री र अर्का एक जना सदस्य मात्रै उपस्थित भए पनि नियुक्तिका लागि सिफारिस गर्ने प्रावधानले अराजकता निम्त्याउने धारणा राखे ।

सांसद चन्द्र भण्डारीले संवैधानिक निकायमा योग्य र दक्ष मानिस नियुक्त गर्न छाडेर आफ्ना मानिस नियुक्त गर्दा देशले अग्रगति लिन नसकेको बताए । सांसद पूर्णबहादुर घर्तीले संवैधानिक परिषद्को निर्णय पारदर्शी र विधिसम्मत् हुनुपर्ने बताए । परिषद् दल विशेषको निकाय नभए पनि विगतमा त्यस्तो प्रयास भएको उनको भनाइ छ ।

सांसद प्रेम सुवालले संवैधानिक निकायमा नियुक्त हुने व्यक्ति योग्य र दक्ष नभएको अभ्यासका क्रममा पाइएको, न्यायाधीश नियुक्त भएका व्यक्तिहरू पार्टी कार्यालय पुगेको दृष्टान्त पेस गरे। 

सांसदद्वय नारायणी शर्मा र माधव सापकोटाले राज्यका निकायलाई विधिसम्मत् ढङ्गले चलाउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताए । 

प्रतिनिधिसभाको अर्को बैठक यही असार २५ गते बुधबार अपराह्न १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ५२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले