रसुवा प्रशासन भन्छ- चीनसँगको सम्पर्क टुट्यो, तीन प्रहरीसहित १८ को अवस्था पत्ता लाग्न सकेन « Khabarhub

रसुवा प्रशासन भन्छ- चीनसँगको सम्पर्क टुट्यो, तीन प्रहरीसहित १८ को अवस्था पत्ता लाग्न सकेन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल-चीन सिमानास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो क्षति गरेको छ।

चीनको ल्हेन्दो र केरुङ खोलामा आएको बाढी नेपालस्थित भोटेकोशीमा भीषण रुप लिँदा रसुवागढी र चीनको केरूङ जोड्ने मितेरी पुल नै बगाएको छ ।

बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर बगाएको छ। त्यसैगरी दर्जनौँ ईभी गाडी पनि बगाएको छ । मालवाहक गाडीका चालक, प्रहरीसहित नेपाली र चिनियाँ गरी १८ जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएकामध्ये अहिलेसम्म सातजनाको शव फेला परेको छ । नेपला प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ ।

बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाका १, २, ४ र ५ उत्तरगया गाउँपालिकाका २, ४ र ५ तथा कालिका गाउँपालिकाको १ नम्बर वडा धेरै प्रभावित भएका छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ठूलो परिमाणमा भौतिक सम्पत्ति नष्ट भएको छ।

मानव अंग फेला

उता बाढीमा परेका एकजना मानिसको खुट्टा पनि फेला परेको छ । उत्तरगया गाउँपालिका वडा नं. ५ स्थित खोला किनारमा पुरुष व्यक्तिको दाहिने खुट्टा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

क्षति

नेपाल-चीन जोड्ने मितेरी पुल बगाएर सडक सम्पर्क पूर्ण रुपमा टुटेको,
स्याफ्रुबेंसी-रसुवागढी सडकखण्ड बाढीले गर्दा पूर्ण रुपमा अवरोध भएको,
रसुवा भन्सार कार्यालयको यार्डमा ठूलो क्षति,
इलेक्ट्रिक गाडीको चार्जिङ स्टेशनमा क्षति
रसुवागढी जलविद्युत आयोजनाको ड्याममा सामान्य क्षति
रसुवा भन्सार कार्यालय, टिमुरेको यार्ड/सुख्खा बन्दरगाहमा क्षति
भन्सार जाँच पासलाई राखिएकाला केही मालवाहक ट्रक कन्टेनर र विद्युतीय गाडी बगायो

उद्धार गरिएकाको विवरण

९ पुरुषको सुरक्षा निकायबाट संयुक्त रुपमा उद्धार
२ महिला र २१ पुरुषसहित २३ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार
२ महिला र २१ पुरुषसहित २३ जनाको सुरक्षा निकायद्वारा संयुक्त रुपमा उद्धार
उद्धार गरिएकामध्ये ५० नेपाली, ४ भारतीय र १ जना चिनियाँ नागरिक ।

बेपत्ताहरूको सूची

१. श्री लाल बहादुर श्रेष्ठ (नेपाल प्रहरी),
१०. श्री फुर्वा लामा (सिन्धुपाल्चोक),
२. श्री मुना ठाकुर (नेपाल प्रहरी),
३. श्री लोकेन्द्र बोहरा (नेपाल प्रहरी),
४. श्री जिपन चौधरी (बर्दिया),
५. श्री सन्तोष दहित (बर्दिया).
६. श्री बुद्धिराम थारु (बर्दिया),
७. श्री लक्ष्मीनारायण बारू (बर्दिया),
८. श्री सुरेश थारु (बर्दिया),
९. श्री नरेन्द्र वि.क. (बागलुङ),
११. श्री गोविन्द मोक्तान (नखुलेको),
१२. श्री लोकमान तामाङ (नखुलेको),
१३. YU YUE (चिनियाँ नागरिक),
१४. LI HUAQING (चिनियाँ नागरिक),
१५. YANG CHUAN (चिनियाँ नागरिक),
१६. HAI HANG (चिनियाँ नागरिक),
१७. YOU XIAO QIU (चिनियाँ नागरिक),
१८. JOU YONG (चिनियाँ नागरिक),

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ५५ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि