बाढीको विध्वंशपछि रसुवागढी पुग्यो प्रधानमन्त्री ओली र चिनियाँ राजदूत सोङसहितको टोली « Khabarhub

बाढीको विध्वंशपछि रसुवागढी पुग्यो प्रधानमन्त्री ओली र चिनियाँ राजदूत सोङसहितको टोली


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत छन सोङसहितको टोली भोटेकोशी नदीको बाढीले पुर्‍याएको जनधनको क्षतिको स्थलगत निरीक्षणका लागि रसुवागढी नाका पुगेका छन् ।

प्रधानमन्त्री ओली, चिनियाँ राजदूत सोङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा तथा जलश्रोतमन्त्री दीपक खड्का लगायतको टोली मंगलबार अपरान्ह हेलिकप्टर चढेर नेपाल-चीन सीमाक्षेत्र रसुवागढी नाका पुगेको हो ।

यो टोलीमा गृह सचिव गोकर्ण दुबाडी, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, राजस्व सचिव दिनेश कुमार घिमिरे र बिपद् प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टसहित छन् ।

नेपाल-चीन सिमानास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएपछि कूटनीतिज्ञसहित सरकारको उच्च अधिकारीहरूको जम्बो टोली रसुवा पुगेको हो ।

चीनको ल्हेन्दो र केरुङ खोलामा आएको बाढी नेपालस्थित भोटेकोशीमा भीषण रुप लिँदा रसुवागढी र चीनको केरूङ जोड्ने मितेरी पुल नै बगाएको छ ।

बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर बगाएको छ। त्यसैगरी दर्जनौँ ईभी गाडी पनि बगाएको छ । मालवाहकगाडीका चालक, प्रहरीसहित नेपाली र चिनियाँ गरी १८ जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएकामध्ये अहिलेसम्म सातजनाको शव फेला परेको छ । नेपला प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ ।

बाढीबाट रसुवाको गोसाइकुण्ड गाउँपालिकाका १, २ र ३, आमाछोदिङ्मो गाउँपालिकाका १, २, ४ र ५ उत्तरगया गाउँपालिकाका २, ४ र ५ तथा कालिका गाउँपालिकाको १ नम्बर वडा धेरै प्रभावित भएका छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीले ठूलो परिमाणमा भौतिक सम्पत्ति नष्ट भएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : १२ बजे

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी