ज्ञानेन्द्र शाहीको प्रश्न- जीबीलाई लुकाउन अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो ? « Khabarhub

ज्ञानेन्द्र शाहीको प्रश्न- जीबीलाई लुकाउन अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो ?


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पाँचभन्दा धेरै सहकारी संस्थाको बचत रकम ठगी गरेर फरार गितेन्द्रबाबु राई (जीबी) बारे संसद्मा प्रश्न उठाएका छन् ।

उनले मंगलबार बसेको संसद् बैठकमा बोल्दै जीबी राईलाई लुकाउन सरकारले अर्बौँमा डिल गरेको आरोप पनि लगाएका छन् । ‘जीबी राई कहाँ छन् ? जीबी राईलाई लुकाउनका लागि अहिलेको सरकारले कति अर्बमा डिल गर्‍यो?,’ उनले सोधे ।

यसअघि जीबीलाई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री रमेश लेखकले अहिले त्यसतर्फ चासोसमेत नदिएको पनि बताएका छन् ।

‘हिजो प्रतिपक्षमा हुँदा जीबी पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ ?’, उनले सोधे, ‘हामीलाई जीबी राई चाहियो। सरकारले चाहेमा नसक्ने आधार छैन । सहकारी छानबिन समिति बनाएर जीबी पनि खोज्ने हामीले भनेका थियौँ ।’

प्रतिपक्षमा हुँदा जीबी राई पक्राउ गरेर ल्याउँछु भन्ने अहिलेका गृहमन्त्री लेख कुन दुलोमा लुकेर बसेका छन् भनेर उनले प्रश्न गरे । ‘हामीलाई जीबी राई चाहियो’, उनले भने, ‘सहकारीको विषयमा छानबिन गर्न बनेजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्छ ।’

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : २९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले