जुम्लामा चट्याङबाट १९७ भेडा मरे | Khabarhub Khabarhub

जुम्लामा चट्याङबाट १९७ भेडा मरे


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन् । जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४ः३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए । 

‘पाटनमा छ जना किसानका भेडा मरेका रहेका छन् । कुन किसानका भेडा कति मरे छन् भन्ने तथ्यांक संकलन भइरहेको छ’, प्रनाउ रेग्मीले भने, ‘ पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ परेको भन्ने खबर प्राप्त भएको छ ।’

सुरक्षा निकाय र स्थानीयवासीको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना भइरहेको उपरीक्षक रेग्मीको भनाइ छ । उनका अनुसार चट्याङले घाइते भएका सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 घाइते रावतको स्वास्थ्य अवस्था सामान्य रहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : १४ बजे

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

सियोल- दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको

सदस्यता ‘पेन्डिङ’मा राखेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाए च्यासल

काठमाडौं- एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको

बिरामी मोहन वैद्य भेट्ट घरमै पुगे प्रचण्ड

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

काठमाडौं– घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ । विशेष

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त

कोलम्बो- श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम