दुई फिल्म प्रदर्शनमा आएपछि नायिकामा डेब्यू गर्दै सनिशा « Khabarhub

दुई फिल्म प्रदर्शनमा आएपछि नायिकामा डेब्यू गर्दै सनिशा


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो अभिनय रहेको दुईवटा फिल्म प्रदर्शनमा आएपछि नायिका सनिशा भट्टराईले रङ्गमञ्चमा डेब्यू गर्ने भएकी छन् ।

कान्तिपुर थिएटरले मंगलबार नाटक ‘शिरीषको फूल’मा सनिशाको अभिनय रहने जानकारी दिएको हो ।

उनले नाटकमा ‘सकम्बरी’को भूमिका निर्वाह गर्ने बताइएको छ । उक्त पात्र नाटकको शीर्षमध्येको एक हो ।

यस नाटकका शीर्ष कलाकार नायक जीवन लुइँटेल पनि हुन् । लामो समय फिल्मबाट टाढा रहेका जीवन यही नाटकका लागि अमेरिकाबाट नेपाल आउने तयारीमा छन् ।

सम्बन्धित समाचार : नाटकमा डेब्यू गर्दै जीवन लुइँटेल

जीवन पनि यही नाटकबाट रङ्गमञ्चमा डेब्यू गर्दैछन् । यससँगै सनिशाले डेब्यू नाटकमा नायक लुइँटेलसँग मञ्ज साझा गर्ने पक्का भएको छ ।

गत वर्ष दशैँमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट उनले ठूलो पर्दामा डेब्यू गरेकी थिइन् । त्यसपछि उनले महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’मा अभिनय गरेकी थिइन् ।

उनले दर्जनौं हिट म्युजिक भिडियोमा अभिनय गरेपछि फिल्म अभिनयमा प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ५८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले