उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन् : मन्त्री भण्डारी « Khabarhub

उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन् : मन्त्री भण्डारी


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाटन– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकले चाहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न उद्योग व्यवसायका मुद्दालाई राष्ट्रको मुद्दाका रूपमा उठाउनुपर्ने बताएका छन् ।

ललितपुरमा मंगलबार आयोजित नेपाल उद्योग परिसङ्घको २२ औँ साधारणसभाको उद्‌घाटन समारोहमा उनले उद्योग व्यवसायीका समस्यालाई क्षेत्र विशेष र निकाय विशेषको मुद्दामा मात्र नभइ देशको मुद्दाका रूपमा दिनुपर्ने बताए।

मन्त्री भण्डारीले भने, ‘नेपालको अर्थतन्त्रमा उद्योगको योगदान पाँच प्रतिशत रहेको छ, कुनै समय १५ प्रतिशत थियो, पुँजी बजारको ८० प्रतिशत क्षेत्र निजी क्षेत्रको रहेको छ, समग्र देशको रोजगारी, उद्यमशीलता उद्योग व्यवसायसँग जोडिन्छ, तर परिसङ्घले २२ वर्ष पूरा गर्दा पनि सुरूमा उठाएका माग जस्ताको त्यस्तै छन्, उद्योग व्यवसाय राज्यको हो भन्ने भावना राजनीतिज्ञहरूमा हुन सकेन, अब यसलाई सुधार गर्नुपर्नेछ ।’
    
नेपाल उद्योग परिसङ्घ (सिएनआइ)का संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले परिसङ्घका एजेन्डा स्पष्ट रहेको उल्लेख गर्दै ती एजेन्डालाई मूर्तरूप दिन सरकारले ध्यान दिनुपर्ने बताए ।

छिमेकी देशको तुलनामा नेपालका उत्पादन ३० प्रतिशत महँगो रहेको र ५० प्रतिशतभन्दा बढी मानिस कृषि क्षेत्रमा जोडिएको भन्दै उनले पैसा तिरेर पनि मल र आवश्यक सामग्री पाउन नसक्ने अवस्था अन्त्य हुनुपर्ने बताए। 

उनले पर्यटन, कृषि र हाइड्रोपावरको क्षेत्रमा आफूले कुरा उठाउन थालेको ३५ वर्ष भएको भन्दै सरकारले ५० लाख पर्यटकलाई नेपाल ल्याउन ध्यान दिएर व्यवस्थापन गर्न सक्ने हो भने एक करोडभन्दा बढी रोजगारी सिर्जना हुनसक्ने बताए।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न, लगानी अभिवृद्धि एवं सार्वजनिक सेवामा सुशासन प्रवाह गर्न कानुनमा गरिएको सुधार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, उत्पादनलाई प्रोत्साहन गर्नेगरी आर्थिक वर्ष २०८२-८३ को बजेटले निजी क्षेत्रलाई आशावान् बनाएको बताए।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ३५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक