स्कर्पियो र बलेरो एकापसमा ठोक्किँदा १० घाइते | Khabarhub Khabarhub

स्कर्पियो र बलेरो एकापसमा ठोक्किँदा १० घाइते


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा स्कर्पियो र बलेरो ठोक्किँदा १० जना घाइते भएका छन् । 

नारायाणघाटतर्फ जाँदै गरेको लु प्र ०१–००१ च ०९४८ नं को स्कर्पियो र बुटवलतर्फ जाँदै गरेको बा प्र ०३–००१ च १४७४ नं को पिकअप बलेरो आज पूर्व–पश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी–१ को गुम्बाचोकमा एकआपसमा ठोकिँएका थिए । 
 
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले घाइतेहरूको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा र भरतपुरमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार पिकअप बलेरोमा चालक मात्रै रहेका थिए । चालक स्थानीय ४५ वर्षीय ओमनारायण महतो सामान्य घाइते भएका छन् । अन्य घाइतेमा स्कर्पियोमा सवार नौ जना रहेका छन् । 

विनयी त्रिवेणी–२ का ३१ वर्षीय स्कर्पियो चालक रेशमबहादुर सारु मगर, सोही ठाउँका १४ वर्षीय किरण फाल मगर, ३६ वर्षीया दानुमाया आले, ५५ वर्षीया सीता श्रेष्ठ, ४८ वर्षीय विष्णुबहादुर श्रेष्ठ, ८४ वर्षीया रूपामाया श्रेष्ठ, ३६ वर्षीय हरिबहादुर लामिछाने, ५७ वर्षीया यनिसरा लामिछाने तथा ५२ वर्षीय कुलबहादुर कुमाल घाइते भएका प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए । 

घाइतेमध्ये सात जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छभने यनिसरा लामिछाने र कुलबहादुर कुमाललाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ४१ बजे

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम 

काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र

आन्दोलनका घाइतेको ज्यान बचाउने जुनसुकै उपचार निःशुल्क गर्न मन्त्रालयको सर्कुलर 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका

पोखरामा निषेधाज्ञा जारी

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या बढेर नौ पुग्यो

काठमाडौँ– जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक

इटहरीमा जेन-जीको प्रदर्शन : उपमहानगर अगाडिको भवन तोडफोड 

इटहरी– इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी