अन्तर्राष्ट्रिय अदालतबाट तालिवान नेताविरुद्ध पक्राउ पुर्जी « Khabarhub

अन्तर्राष्ट्रिय अदालतबाट तालिवान नेताविरुद्ध पक्राउ पुर्जी


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानमा महिलामाथि दमन गरेको भन्दै तालिवानका दुई नेताको विरुद्धमा अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी)ले पक्राउ पुर्जी जारी गरेको छ। यसरी पक्राउ पुर्जी जारी गरिनेमा तालिवानका सर्वोच्च नेता मानिएका हाइबतुल्लाह आकहुनजादा र प्रमुख न्यायाधीश अब्दुल हाकिम हकानी छन्।

सन् २०२१ मा सत्ता हातमा लिएयता छात्रामाथि ज्यादती गरेको अभियोगमा उनीहरूको विरुद्धमा आइसिसीले यो निर्णय गरेको हो।

तालिवान सत्ताले महिलालाई शिक्षा र काम गर्ने अधिकारबाट धेरै नै वञ्चित गरेको छ। तालिवानले भने आसिसीलाई आफूहरूले अस्वीकार नगर्ने जनाएको छ।

तालिवानले संसार नै इस्लामको इन्सल्ट भएको भन्दै त्यसको विरुद्धमा आफूहरू लडी रहेको समेत जनाएको छ।

महिलाले सार्वजनिक स्थानमा आफ्नो कुनै आवाज राख्न पाउँदैनन्। साथै पुरुष साथी बिना महिलालाई घरबाट बाहिर निस्कन पनि बन्देज लगाइएको छ।

आसिसीले गरेको निर्णयमा तालिवान सरकारले महिलालाई नै लक्षित गरेर धेरै नियम बनाइएका कारण महिला माथि दमन गरेको पुष्टि भएको जनाइएको छ।

तालिवानले सरकारले महिलामाथि सम्मान यथावत रहेको बताउँदै अफगान संस्कृतिलाई जोगाउन र इस्लामिक कानुनलाई जोगाउन यो नियम बनाइएको बताइएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ८ : ३६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक