अन्तर्राष्ट्रिय अदालतबाट तालिवान नेताविरुद्ध पक्राउ पुर्जी « Khabarhub

अन्तर्राष्ट्रिय अदालतबाट तालिवान नेताविरुद्ध पक्राउ पुर्जी


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानमा महिलामाथि दमन गरेको भन्दै तालिवानका दुई नेताको विरुद्धमा अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी)ले पक्राउ पुर्जी जारी गरेको छ। यसरी पक्राउ पुर्जी जारी गरिनेमा तालिवानका सर्वोच्च नेता मानिएका हाइबतुल्लाह आकहुनजादा र प्रमुख न्यायाधीश अब्दुल हाकिम हकानी छन्।

सन् २०२१ मा सत्ता हातमा लिएयता छात्रामाथि ज्यादती गरेको अभियोगमा उनीहरूको विरुद्धमा आइसिसीले यो निर्णय गरेको हो।

तालिवान सत्ताले महिलालाई शिक्षा र काम गर्ने अधिकारबाट धेरै नै वञ्चित गरेको छ। तालिवानले भने आसिसीलाई आफूहरूले अस्वीकार नगर्ने जनाएको छ।

तालिवानले संसार नै इस्लामको इन्सल्ट भएको भन्दै त्यसको विरुद्धमा आफूहरू लडी रहेको समेत जनाएको छ।

महिलाले सार्वजनिक स्थानमा आफ्नो कुनै आवाज राख्न पाउँदैनन्। साथै पुरुष साथी बिना महिलालाई घरबाट बाहिर निस्कन पनि बन्देज लगाइएको छ।

आसिसीले गरेको निर्णयमा तालिवान सरकारले महिलालाई नै लक्षित गरेर धेरै नियम बनाइएका कारण महिला माथि दमन गरेको पुष्टि भएको जनाइएको छ।

तालिवानले सरकारले महिलामाथि सम्मान यथावत रहेको बताउँदै अफगान संस्कृतिलाई जोगाउन र इस्लामिक कानुनलाई जोगाउन यो नियम बनाइएको बताइएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ८ : ३६ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ