दाउन्नेमा पहिरो खसेपछि नारायणघाट-बुटवल सडक अवरुद्ध « Khabarhub

दाउन्नेमा पहिरो खसेपछि नारायणघाट-बुटवल सडक अवरुद्ध


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवलखण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । 

गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार पहाडमाथिबाट पहिरो खस्दा सडकको केही भागसमेत बगेको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१क ५८२७ नम्बरको मालवाहक ट्रक पहिरोका कारण सडकको बीचमा फसेको उनले बताए।

 ‘पहिरोले ट्रकसमेत केही पुरिएको छ, केही सडक बगेको छ, केही सडक चर्किएको अवस्थामा छ’, उनले भने, ‘अहिले पानी पर्न बन्द भएका कारण स्काभेटर प्रयोग गरेर पहिरोमा फसेको ट्रक निकाल्ने र पहिरो सफा गर्ने काम सुरु भएको छ ।’

सडकमा करिब ५० मिटर पहिरो खसेको पन्तले बताए। पहिरो हटाउनका लागि सडक योजनाका कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य बर्सा हुँदा यातायात अवरुद्ध हुने गरेको छ । 
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १२ : ५७ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको