मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण « Khabarhub

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मल्लकालीन बस्तीका रूपमा रहेको चित्रपुरका स्ववासीलाई सयौँ वर्षदेखि उपभोग गर्दै आइएको जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको छ । नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका-४ दधीकोट चित्रपुरका लालपूर्जाबिहीन स्ववासीलाई जग्गाको स्रेस्ता अर्थात् धनी पुर्जा वितरण गरेको हो । 
    
जिल्ला नापी कार्यालय भक्तपुरले साविक दधीकोट गाविस-८ र ९ हालको सूर्यविनायक-४ का ९८ जना स्ववासीलाई बुधबार आयोजित एक कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुर्जा वितरण गरेका हुन् । नापी कार्यालयका प्रमुख डा प्रदीप सापकोटा, भूमि आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुङ्गेलगायतले स्ववासीलाई पुर्जा वितरण गरेको नगर कार्यालयले जनाएको छ ।

नगरप्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले लामो समयदेखि प्रयोग गरिएको तर जग्गा स्रेस्ता दर्ता कायम नभएको स्ववासीलाई जग्गाको स्रेस्ता पुर्जा वितरण गरिएको बताउँदै पुर्जा पाएसँगै स्थानीयको मुहारमा मुस्कान देख्न पाइएको उल्लेख गरे । 

आफैँले उपभोग गर्दै आएको, पक्की घरसमेत निर्माण भइसकेको जग्गा आफ्नो नाममा नहुँदा सरकारले जफत गर्ने त्रास र बैंकमा धितो राखेर ऋण लिन पनि नमिल्ने अवस्था अन्त्य भएको नगर प्रवक्ता सापकोटाले बताए। नगरपालिकाको निरन्तर पहलपछि स्ववासीलाई स्रेस्ता पुर्जा वितरण गर्न सफल भइएको उनको भनाइ छ ।
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : ०० बजे

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको

सारङ्गीको धुनले धानेको जिन्दगी

सुनसरी– सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौँ– अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक