गुजरातमा पुल भत्किँदा नदीमा खसे गाडी, ९ जनाको मृत्यु  | Khabarhub Khabarhub

गुजरातमा पुल भत्किँदा नदीमा खसे गाडी, ९ जनाको मृत्यु 


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुजरातको वडोदरास्थित महिसागर नदीमा बनेको पक्की पुल बुधबार बिहान भत्किँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ। दुर्घटनाको समयमा पुलबाट सवारीसाधन नदीमा खस्दा यात्रुको ज्यान गएको हो ।  

 पुल भत्किँदा दुईवटा ट्रक, दुईवटा कार र एक रिक्सा गरी पाँचवटा सवारी नदीमा खसेका थिए । एउटा ट्यांकर भत्किएको पुल छेउमा अड्किएको छ।

सो दुर्घटनामा ८ जनालाई स्थानीयले उद्धार गरेका छन्। उद्धारका लागि दमकल विभागका तीन टोली खटाइएको छ। ४५ वर्ष पुरानो यो पुलले मध्यगुजरातलाई सौराष्ट्रसँग जोड्थ्यो।

पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता दक्षिण गुजरातका सहरहरूबाट सौराष्ट्र पुग्न थप समय लाग्नेछ। अब यात्रुहरूलाई अहमदाबाद भएर लामो बाटो प्रयोग गर्नुपर्नेछ।

यस घटनामा घाइतेमध्ये ६ जनालाई पादरा अस्पताल र २ जनालाई वडोदरास्थित सयाजी अस्पतालमा स्थानान्तरण गरिएको छ। 

स्थानीयले प्रशासनप्रति आक्रोश व्यक्त गरे। उनीहरूका अनुसार ४५ वर्ष पुरानो पुलको मर्मतका लागि प्रशासनलाई पटक–पटक जानकारी दिइएको थियो। तर प्रशासनको लापरवाहीका कारण दुर्घटना भएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : २० बजे

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क