फेवाताल सफाइमा जुटे छोरेपाटनका युवा (तस्बिरहरू) « Khabarhub

फेवाताल सफाइमा जुटे छोरेपाटनका युवा (तस्बिरहरू)


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक मात्र नभई विदेशी पर्यटकको पनि प्रमुख गन्तव्य हो पोखरा । त्यसमा पनि फेवातालले धेरैलाई लोभ्याउँछ । माछापुच्छ्रेको छाँया देखिने फेवातालमा डुंगा सेयर गर्न कसलाई रमाइलो नलाग्ला र  !

फेवातालमा बढेको फोहोरले भने पर्यटकलाई खिन्न बनाउँछ । प्लास्टिक लगायत अन्य फोहोरले फेवातालको सौन्दर्यमा असर गरेको छ ।  विशेषगरी ड्यामसाइड क्षेत्रमा बढी फोहोरको समस्या रहेको छ ।

फेवातालको सुन्दरता बचाउन छोरेपाटनका केही युवा लागिपरेका छन्  । उनीहरू फेवातालको फोहोर हटाउँदै फोहोर नफाल्न सचेतना पनि बढाइरहेका छन् । करिब २० जनाको समूहले ड्याम साइड वरपरबाट ठूलो मात्रामा फोहोर संकलन गरेका छन् । उनीहरूले नियमित रूपमै सरसफाइ गर्ने गरेका छन् तर केही दिनमै फेरि जम्मा भइहाल्ने समस्या रहेको छ ।

यो ठाउँ पोखरा महानगरपालिकाको १७ नम्बर वडामा पर्छ । उनीहरूले समय-समयमा फोहोर उठाउने गरेका छन्  । महानगरपालिकाले फोहोर देखेर पनि कुनै चासो नराखेको उनीहरूको गुनासो छ  ।

मनसुनको समयमा पोखराको फोहोर फिर्के खोला हुँदै फेवातालमा आइपुग्छ । यसै गरी सुक्खा समयमा फेवातालको पानी घट्दा सबै फोहोर ड्याम साइडमा जम्मा हुन्छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ३९ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ