दुई दिनको गिरावटपछि २२ अंकले बढ्यो नेप्से, बैंकिङ समूहमा आकर्षण  « Khabarhub

दुई दिनको गिरावटपछि २२ अंकले बढ्यो नेप्से, बैंकिङ समूहमा आकर्षण 


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार दोहोरो र मंगलबार झिनो अंकले शेयर बजार घटेपछि बुधबार बढेको छ । दुई दिनको करेक्सनपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.०४ अंकले बढेको छ । बजार बन्द हुँदा नेप्से ०.८२ प्रतिशतले बढेर २७०५.९० विन्दुमा पुगेको छ । 

दिनभरमा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर कारोबार भएको छ ।

 बुधबार १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

 दिनभरमा ३१६ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ८८४ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये फाइनान्स ०.३८ प्रतिशतले र म्युचुअल फण्ड ०.०१ प्रतिशतले बाहेक अन्य ११ वटा समूह भने बढेको छ । 

 सबैभन्दा बढी बैंकिङ समूह १.६८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम निर्जीवन बीमा र जीवन बीमा ०.२४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ३ : ५२ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण