गुणस्तरिय शिक्षाका लागि सामुहिक प्रयत्न जरुरी : उपप्रधानमन्त्री सिंह « Khabarhub

गुणस्तरिय शिक्षाका लागि सामुहिक प्रयत्न जरुरी : उपप्रधानमन्त्री सिंह


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको सामुहिक प्रयत्न आवश्यक पर्ने बताएका छन् । 

नेपाल पब्लिक क्याम्पस संघको ३५औँ  वार्षिकोत्सव, सम्मान कार्यक्रम तथा काठमाडौँ जिल्ला अधिवेशन कार्यक्रममा सम्बोधन गर्दै उनले सामूहिक प्रयत्न विना गुणस्तरीय शिक्षकको नारा नारामै सीमित हुने बताए । 

‘क्याम्पस खुलेर मात्र हुँदैन । गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न आवश्यक छ । क्याम्पस परिवार, विद्यार्थी, अभिभावकसहित सबैको भूमिकाबाट मात्रै गुणस्तरीय शिक्षाको नारा पूरा हुनसक्छ,’ उपप्रधानमन्त्री सिंहले भने,‘ शिक्षा क्षेत्रमा विगतमा भन्दा धेरै कुराहरू भएका छन् ।  यसलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनुपर्छ । त्यसका लागि साझा प्रयत्न आवश्यक छ ।’

 उनले पब्लिक क्याम्पसले उच्च शिक्षाको क्षेत्रमा गरिरहेको काम प्रशंसनीय रहेको बताए। समुदायको आवश्यकता र जनचाहनाअनुसार अनुसार पब्लिक क्याम्पसले शिक्षा दिनुपर्ने मा पनि उनले जोड दिए । उनले जादुको छडी कसैसँग नहुने भन्दै शिक्षा क्षेत्रमा जस्तै समाजका धेरै क्षेत्रमा सुधारका लागि सरकारले प्रयास गरिरहेको र त्यसमा आम नागरिकको साथ आवश्यक रहेको बताए।  

कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महर, एमाले शिक्षा विभाग प्रमुख पार्वती रावल, प्रतिनिधिसभा शिक्षा समिति सभापति अम्मरबहादुर थापालगायतले शहरदेखि ग्रामीण भेगसम्म रहेर विद्यार्थीहरूलाई शिक्षा दिइरहेको भन्दै पब्लिक क्याम्पसको नेपालको उच्च शिक्षाको क्षेत्रमा ठुलो योगदान रहेको बताए ।

कार्यक्रममा पब्लिक क्याम्पसबाट उत्कृष्ट अंक ल्याउने छात्रछात्रा र क्याम्पसलाई सम्मान गरिएको थियो । देशभर करिब ६ सय पब्लिक क्याम्पस रहेको संघले बताएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ०१ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान