कांग्रेसले निष्कासित गरेपछि विष्णु राईले भने- अन्यायविरुद्ध लडेकै हो, सम्मान पत्र पाएँ | Khabarhub Khabarhub

कांग्रेसले निष्कासित गरेपछि विष्णु राईले भने- अन्यायविरुद्ध लडेकै हो, सम्मान पत्र पाएँ


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले निष्कासन गरेपछि नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णुकमार राई सम्मानपत्र मिलेको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय अनुशासन समितिले बुधबार एक वर्षका लागि पार्टीबाट निष्कास गरेको पत्र दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनीमाथि २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लागेसँगै निष्कासित गरिएको हो।

कांग्रेसको उक्त निर्णयपछि सभापति राई राजनीतिमा सधैं प्राप्ति मात्रै नहुने, गुमाउनु पनि पर्ने बताएका छन् ।

‘राजनीतिमा सधैँ प्राप्ति मात्र हुँदैन, गुमाउनु पनि पर्छ । ३५ वर्षे निरन्तर राजनैतिक यात्रामा कहिले उकाली कहिले ओराली छिचोलियो’, उनले भनेका छन्, ‘२०७९ सालको गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रीय नेतृत्वबाट सुनियोजित ढंगले भएको ठूलो अन्याय र अपमान व्यहोर्नु पर्दा म स्वाभिमानी कार्यकर्ता विष्णुकुमार राईलाई त्यो विल्कुल सह्य हुने कुरो थिएन ।’

उनले केन्द्रीय कार्यसमितिको अन्यायविरुद्ध आफू डटेर लागेको स्वीकारेका छन् । ‘जसबापद् केन्द्रले महत्वपूर्ण सम्मान पत्र पठाएको छ । हार्दिक ग्रहण गर्दछु’, उनले भनेका छन्, ‘म सदैव स्वाभिमानी निष्ठावान खोटाङे कांग्रेसीहरुका साथमा छु, रहनेछु ।’

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ४९ बजे

नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– कात्तिकः नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको

पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ

कास्की– प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ

जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला– जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता

काठमाडौं– पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरूपता कायम गर्न सकेको