कांग्रेसले निष्कासित गरेपछि विष्णु राईले भने- अन्यायविरुद्ध लडेकै हो, सम्मान पत्र पाएँ « Khabarhub

कांग्रेसले निष्कासित गरेपछि विष्णु राईले भने- अन्यायविरुद्ध लडेकै हो, सम्मान पत्र पाएँ


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले निष्कासन गरेपछि नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णुकमार राई सम्मानपत्र मिलेको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय अनुशासन समितिले बुधबार एक वर्षका लागि पार्टीबाट निष्कास गरेको पत्र दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनीमाथि २०७९ को निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लागेसँगै निष्कासित गरिएको हो।

कांग्रेसको उक्त निर्णयपछि सभापति राई राजनीतिमा सधैं प्राप्ति मात्रै नहुने, गुमाउनु पनि पर्ने बताएका छन् ।

‘राजनीतिमा सधैँ प्राप्ति मात्र हुँदैन, गुमाउनु पनि पर्छ । ३५ वर्षे निरन्तर राजनैतिक यात्रामा कहिले उकाली कहिले ओराली छिचोलियो’, उनले भनेका छन्, ‘२०७९ सालको गठबन्धनका क्रममा खोटाङ कांग्रेसलाई केन्द्रीय नेतृत्वबाट सुनियोजित ढंगले भएको ठूलो अन्याय र अपमान व्यहोर्नु पर्दा म स्वाभिमानी कार्यकर्ता विष्णुकुमार राईलाई त्यो विल्कुल सह्य हुने कुरो थिएन ।’

उनले केन्द्रीय कार्यसमितिको अन्यायविरुद्ध आफू डटेर लागेको स्वीकारेका छन् । ‘जसबापद् केन्द्रले महत्वपूर्ण सम्मान पत्र पठाएको छ । हार्दिक ग्रहण गर्दछु’, उनले भनेका छन्, ‘म सदैव स्वाभिमानी निष्ठावान खोटाङे कांग्रेसीहरुका साथमा छु, रहनेछु ।’

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ५ : ४९ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का