टेस्ट ब्याटिङ वरीयतामा ब्रुक र गिलको फड्को « Khabarhub

टेस्ट ब्याटिङ वरीयतामा ब्रुक र गिलको फड्को


२६ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ आइसिसी टेस्ट वरीयतामा ब्याटिङतर्फ आफ्नै देशका जोय रुटलाई पछि पार्दै इङ्गल्यान्डका हेरी ब्रुक शीर्ष स्थानमा उक्लेका छन्।

भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा ब्रुकले १५८ रन प्रहार गरेका थिए। रुट दोस्रो स्थानमा छन्। सोही टेस्टमा २६९ र १६१ रन प्रहार गरेका भारतीय कप्तान शुभमन गिल १५ स्थान उक्लँदै छैटौँ स्थानमा छन्।

यस बीचमा न्युजिल्यान्डका केन विलिम्सन तेस्रो, यशस्वी जयसवाल चौथो तथा अस्ट्रेलियाका स्टेभन स्मिथ पाँचौँ स्थानमा छन्।

भारतसँगको टेस्टमा नै शानदार ब्याटिङ गरेका जेम स्मिथ १६ स्थान उक्लेर १० औँ स्थानमा उक्लेका छन्।

जिम्बाबेसँगको खेलमा अविजित ३६७ रन प्रहार गरेका दक्षिण अफ्रिकाका वियान मल्डर भने ३३ स्थान उक्लेर ब्याटिङ वरीयताका २२ औँ स्थानमा पुगेका छन्।

अलराउण्डरमा १२ स्थान उक्लँदै उनी तेस्रो स्थानमा पुगेका छन्। अलराउण्डर वरीयतामा रवीन्द्र जडेजा शीर्ष स्थानमा छन्।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार  ७ : ३७ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी