काठमाडौं – एनआरएनए –एनसीसी अष्ट्रेलियाको सदस्यता वितरण पुन: सुरु हुने भएको छ। असन्तुष्ट पक्षलाई समेत समेटेर उच्चस्तरीय समितिमार्फत चुनिएका एनआरएनएले एकता महाधिवेशन गर्ने गरी तयारी थालेको छ।
एनआरएनलाई एक ढिक्का बनाउन भन्दै एनआरएनले अस्ट्रेलियामा एकता महाधिवेशन संयोजकको जिम्मा विवेक थापालाई दिएको छ।
कोही पनि प्रवासी नेपाली नछुटुन् भनेर सबैलाई समेटेर निर्वाचनलाई निष्पक्ष, समावेशी र सफल बनाउन तथा सदस्यता वितरण सम्बन्धी विद्यमान समस्याहरूको यथाशीघ्र पहिचान गरी एनसीसी अधिवेशनको लागि आवश्यक पहल गर्न थापालाई जिम्मेवारी दिइएको उच्चस्तरीय समितिमार्फत चुनिएका एनआरएनए महासचिव वीआर लामाले जानकारी दिए।
‘समग्र गैर-आवासीय नेपाली समुदायको साझा आवाज बन्न सक्ने विश्वासका साथ समावेशी, सर्वपक्षीय र एकताबद्ध संगठन विस्तारका लागि अस्ट्रेलियामा थापालाई जिम्मेवारी दिइएको हो,’ लामाले भने, ‘यसका लागि अष्ट्रेलियामा सक्रिय विभिन्न सङ्घसंस्था, समुदायका प्रतिनिधिहरू र आम एनआरएन नागरिकहरूसँग व्यापक छलफल गर्नेछ।
हाल अस्ट्रेलियामा सदस्य नबनेका र बन्न नपाएकाहरूलाई समेटेर वृहत एनआरएन गठन गर्ने संघको तयारी छ।
प्रतिक्रिया