क्यानको साधारणसभा शुरु, को बन्ला अध्यक्ष ? | Khabarhub Khabarhub

क्यानको साधारणसभा शुरु, को बन्ला अध्यक्ष ?


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा शुरु भएको छ ।

काठमाडौंमा आजबाट शुरु भएको सधारण सभाको मुख्य एजेन्डा क्यानको १७ सदस्यीय कार्यसमिति गठन गर्नु हो । शनिबारका लागि क्यानको निर्वाचन तोकिएको छ ।

शुक्रबार साधारण सभा शुरु भएको छ । ओपनिङ शर्तमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल, आईसीसीको प्रतिनिधि मोहम्मद इमानुएल र स्वतन्त्र कमिटिका सदस्यसहित क्यानका मतदाताको सहभागिता रहेको छ ।

साधारण सभाको प्रारम्भीक चरणमा बोल्ने वक्ताहरुले क्यानको निलम्बन फुकुवा हुने र आगामि दिनमा संघलाई पार्दशी तरीकाले अगाडि बढाउने उदेश्यसहित नयाँ कार्यसमिति चयन गर्न सुझाएका छन् ।

५९ सदस्य मतदाता रहेको क्यानको निर्वाचनमा पूर्व अध्यक्ष विनयराज पाण्डे र तत्कालिन अध्यक्ष चतुर बहादुर चन्द क्यानको अध्यक्षका लागि चुनावी दौडमा छन् ।

दुवै पक्षले आफ्नो जित सुनिश्चित रहेकै कारण मैदान उत्रिएको बताइरहँदा नेपाली क्रिकेट प्रशंसक भने नेतृत्वको प्रतिक्षामा छन् ।

साधारण सभाका लागि जिल्लाबाट आएका प्रतिनिधि पनि क्यानको निर्वाचनमा उल्लासका साथ अगाडि बढेका छन् ।

उम्मेद्वारद्वय पाण्डे र चन्द जिल्ला तथा प्रदेशका प्रतिनिधिलाई फकाउँदै क्यानको नेतृत्व हातमा लिने लक्ष्य सहित लागिरहेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ५ : ०१ बजे

हिमालयन इन्भेष्टमेन्ट बैंकरको साधारणसभा भदौ ३१ गते 

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा डाकेको छ । बैंकरको

भान्सद्वारा युक्रेन युद्धमा रुसमाथि दबाब दिन भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ

वाशिङ्टन- अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध

कांग्रेसका शीर्ष नेताको बैठक स्थगित, दिउँसो पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बिहानका

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा 

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले

राज्य व्यवस्था समिति सभापतिको चुनाव भदौ ११ गते

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि