काठमाडौं– नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ ।
इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका बामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद बाहिर रहेका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।
आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः
-नेकपा (माओवादी केन्द्र)
– नेकपा (एकीकृत समाजवादी)
-रास्ट्रीय जनमोर्चा, नेपाल
-नेकपा (मसाल)
– नेपाल कम्युनिस्ट पार्टी
-क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
-बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल
– नेकपा
– नेकपा (बहुमत)
– नेपाल समाजवादी पार्टी
( जसपा
– देशभक्त समाजवादी स्कुल
– राजनीतिक सम्वाद अभियान
प्रतिक्रिया