नवलपरासीमा बाघको आक्रमणबाट एक जना घाइते « Khabarhub

नवलपरासीमा बाघको आक्रमणबाट एक जना घाइते


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को हुप्सेकोट गाउँपालिकामा शुक्रबार बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

हुप्सेकोट–१ बेलुवाका ३८ वर्षीय दीपेन्द्र शर्पुञ्जालाई करिब सात बजे बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले स्थानीय त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा दीपेन्द्रलाई बाघले आक्रमण गरेको जानकारी दिए  । 

उनका अनुसार बाघको आक्रमणबाट घाइते दीपेन्द्रको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको छ ।

बाघको आक्रमणबाट घाइते भएका दीपेन्द्रको उद्धार गरी कावासोतीको डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको नेपालले जानकारी दिए । 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : २५ बजे

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि

इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्त : स्थानीयलाई मर्का

बनेपा– सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीलाई भने