भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन | Khabarhub Khabarhub

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

टक्सार– जिल्लाको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै शुक्रबार एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो । 

त्यस अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनले स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।

उनले भने, ‘पालिकावासीसहित छिमेकी पालिकाका नागरिकको स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउन नगर अस्पताल सञ्चालनमा ल्याएका हौँ । अब अस्पताललाई व्यवस्थित र दिगो रूपमा सञ्चालन हुने वातावरणका बनाउन सबै लाग्न आवश्यक छ ।’

भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको हो । नगरपालिकाको वडा नं ७ मा स्थापना भएको अस्पतालले स–साना स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यसअघि सानासाना स्वास्थ्य समस्याका लागि पनि यहाँ नागरिकले छिमेकी जिल्ला सङ्खुवासभा, धरान, विराटनगरजस्ता सहरमा जानुपर्ने बाध्यता रहेको थियो । 

नगर उपप्रमुख प्रमीला राईले आँखा उपचार सेवा सञ्चालन हुँदै आएकामा अब छिट्टै दन्त उपचार सेवा विस्तार गरिने बताइन् । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले आवश्यक जनशक्ति र उपकरण थप गर्दै लाने योजना बनाएको पनि उनले बताइन् ।  

स्थानीयवासी भने सञ्चालित अस्पतालले नगरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा आशावादी देखिएका छन् । अस्पतालको बिहीबार मात्र नगर प्रमुख सुरेन्द्रकुमार उदासले औपचारिक कार्यक्रमसहित उद्घाटन गरेका थिए । 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ३६ बजे

स्वास्थ्यमन्त्री पौडेलले भने- बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ

नवलपुर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण

रुसको सुदूरपूर्वी कामचट्का प्रायद्विपमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

काठमाडौं– रुसको सुदूरपूर्वी भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शाहरुख खान ‘किङ्ग’ को सेटमा घाइते भएको खबर गलत ठहरियो 

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानको बारेमा हालै सामाजिक सञ्जालमा तीव्र

नवीकरणको एक वर्षपछि विद्या भण्डारीको सदस्यतालाई ओलीले बनाए ‘बार्गेनिङ टुल्स’

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं. २०३५ सालमा तत्कालीन नेकपा मालेको

वर्षाका कारण देशभरका यी ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११