चाँगुनारायण नगरपालिकाले चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव गर्ने « Khabarhub

चाँगुनारायण नगरपालिकाले चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव गर्ने


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरमा भानु जयन्तीका अवसर चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गर्न लागेको ‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ को तयारी पूरा भएको छ । 

नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को कार्यक्रमअन्तर्गत यही असार २९ गते महोत्सव आयोजना गर्दैछ । मन्दिर परिसरमा आयोजना गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयका सदस्यसचिव एवं नगरपालिकाका पर्यटन शाखा प्रमुख गोविन्द कट्टेलले जानकारी दिए । 

कला र साहित्यको संयोजनलाई एकै ठाउँमा जोड्दै चाँगुनारायणदेखि नगरकोटसम्मका प्रमुख पर्यटकीय गन्तव्यलाई विश्वभरका पर्यटकमाझ पुर्‍याउने लक्ष्यका साथ कलाकारले कोरेको चित्रमा साहित्यकारले कविता रचना गरेर वाचन गर्ने गरी महोत्सवको आयोजना गरिएको उनले जानकारी दिए ।

चित्र हेर्दै कोरेका कवितालाई चर्चित कविहरू डा सुलोचना मानन्धर, पुरु लम्साल, स्नेह सायमी, श्रवण मुकारुङ, नारायण श्रेष्ठ, गीता त्रिपाठी, मणि लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना र विमला तुम्खेवाले वाचन गर्नेछन् । 

यसैगरी, विना थिङ, लक्ष्मी माली, जुनु घिमिरे, दधिराम गेलाल, लक्ष्मी रुम्वा, लक्ष्मी थापा, प्रगति राई, अनन्त वाग्ले, धर्मेन्द्रविक्रम नेम्वाङ, दीपक सापकोटा, गुरुङ सुशान्त, अमनप्रताप अधिकारी, सीता तुम्खेवा, स्वप्तिन स्मृति, डा सरोज धिताल, नरेन्द्रकुमार गेलाल, अप्सरा लावती, विप्लव प्रतीक, रामशरण न्यौपाने, रामगोपाल आसुतोष र कविराज घिमिरेले समेत कविता वाचन गर्नेछन् ।

महोत्सवमा ३३ कविहरूले कविता वाचन गर्ने र २३ कलाकारले कोरेका चित्रहरू प्रदर्शनीमा राखिने छन् । 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ४१ बजे

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर