काठमाडौं- भारतीय दूतावासले नेपालका तीन जना युवा क्रिकेटहरूलाई भारतमा एक महिने प्रशिक्षण दिने भएको छ ।
‘राजदूत क्रिकेट फेलोशिप फर नेपाली यूथ’अन्तर्गत दूतावासले नेपाली यू-१९ क्रिकेटहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोलाई १५ जुलाईदेखि १४ अगस्टसम्म भारतको भोपालस्थित एलबी शास्त्री क्रिकेटशालामा एकमहिने व्यावसायिक प्रशिक्षणमा सहभागी गराउन लागिएको हो ।
यो पहल भारतीय दूतावासको तर्फबाट नेपाली युवा क्रिकेट प्रतिभाको विकासमा सहयोग पुर्याउने उद्देश्यसहित सुरु गरिएको हो। यसमार्फत भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई क्रिकेटप्रतिको साझा आकर्षणमार्फत अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
उक्त व्यावसायिक प्रशिक्षणबाट सहभागी खेलाडीहरूको सीपमा उल्लेखनीय सुधार हुने अपेक्षा छ । यसले नेपालको क्रिकेटिङ लक्ष्यमा योगदान पुग्ने विश्वास दूतावासले गरेको छ ।
Ambassador @IndiaInNepal met the three U-19 Nepali boys and girl cricketers who are travelling to Bhopal, 🇮🇳 for a month long high-level professional training at LB Shashtri Cricket Shaala under the ‘Ambassador’s Cricket Fellowship for Nepali Youth’ announced by @IndiaInNepal in… pic.twitter.com/PWVAw00sh8
— IndiaInNepal (@IndiaInNepal) July 11, 2025
शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तवले क्रिकेट सङ्घ नेपाल (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा सहभागी खेलाडीहरूसँग भेटघाट र संवाद गरे।
राजदूतले प्रशिक्षणका लागि शुभकामना व्यक्त गर्दै भारत–नेपाल सम्बन्धमा खेलकुद सहकार्यको भूमिकालाई थप मजबुत बनाउनुपर्ने विषयमा जोड दिए।

प्रतिक्रिया