पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते « Khabarhub

पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका कारण असार १२ देखि हालसम्म ९८ जनाको ज्यान गएको छ भने कम्तीमा १८५ जना घाइते भएका छन्। यो जानकारी शुक्रबार राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले दिएको हो।

पछिल्लो २४ घण्टामा मात्र वर्षासम्बन्धी घटनामा आठ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

पञ्जाब प्रान्तमा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ, जसमध्ये २० जना बालबालिका रहेका छन्। त्यसपछि खैबर पख्तुनख्वा प्रान्तमा ३० जनाले ज्यान गुमाएका छन्।

प्रशासनले आगामी दिनहरूमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी तल्लो भूभाग र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

देशका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ८ : १४ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही