माधव नेपाल भन्छन् : जीवनमा एक पैसा पनि घुस लिएको छैन « Khabarhub

माधव नेपाल भन्छन् : जीवनमा एक पैसा पनि घुस लिएको छैन


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

कामाडौ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणका लागि प्रयास भइरहेको बताएका छन् ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै उहाँले अहिले देशको आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कटको समाधानका लागि ध्रुवीकरण आवश्यकता रहेको बताए ।

कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वाम समूहको एकता अपरिहार्य रहेको विचार व्यक्त गरे । उनले मुलुकको राजनीतिलाई सही दिशानिर्देश गर्न कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले परिवर्तनलाई संस्थागत गर्न सुशासन, रोजगारी, जनतालाई सेवा प्रवाहको विषय प्राथमिकतमा राख्नुपर्ने उल्लेख गरे । पतञ्जली जग्गा सट्टापट्टा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष अगाडि तामेलीमा राखेको बताउँदै उहाँले राजनीतिक षड्यन्त्रका कारण आफूलाई उक्त विषयमा मुद्दा दायर गरिएकामा असन्तुष्टि व्यक्त गरे ।

पार्टीलाई कमजोर तथा राजनीतिक रूपमा असहज बनाउन आयोगले मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे ।

आफूले जीवनमा एक पैसा पनि घुस नलिएको बताउँदै अध्यक्ष नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताए । आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ५५ बजे

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही