रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज | Khabarhub Khabarhub

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्यांकी निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

उक्त आयोजना सम्पन्न भएसँगै यहाँका ५० परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै च्याङ्ग्रे बजारवासीलाई राहत पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपध्वज कोइरालाले बताए। यहाँका स्थानीयसँगै गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारका नागरिकले विकल्पका रूपमा पानी उपयोग गर्ने उनको भनाइ छ । 

‘यसअघि आयोजना सञ्चालन नहुँदा यहाँ पानीको समस्या थियो’, उनले भने, ‘निर्माण सम्पन्न भएसँगै ५० परिवारलाई सहजता भएको छ । च्याङ्ग्रे बजारमा खानेपानी अभाव भएमा एक मात्र विकल्पका रूपमा यो आयोजनाको पानी उपभोग गर्न सकिन्छ ।’

घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षणसँगै २० घनमिटरको ट्यांकी निर्माण गरेर मुहानमा तीन वटा धारा जडान गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए । 

चालु आर्थिक वर्षमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताए। करिब १८ लाखमा आयोजना सम्पन्न भएको जनाउँदै उनले सानो आयोजना भए पनि यसले नागरिकलाई प्रत्यक्ष लाभ पु¥याउने विश्वास व्यक्त गरे ।

रिजाल धारा खानेपानी आयोजना सञ्चालनले स्थानीयलाई सहजता भएको पौवादुङमा-३ का वडाध्यक्ष तीर्थबहादुर कार्कीले बताए। विगतमा कुवाबाट पानी खानुपर्ने अवस्थामा अहिले मुहान संरक्षणसँगै ट्यांकी निर्माणमार्फत धारा जडान भएपछि सहज भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १२ : ३१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं