शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै « Khabarhub

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण अघि बढाइने भएको छ । खोलाको बहाव बढेर पुरानो शिकारीबास बस्ती कटान गर्न थालेपछी खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागिएको हो । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इन्जिनियर राकेश साहले ठोरीको शिकारीबासमा डुवान र कटानको जोखिम बढेकाले कटान क्षेत्रमा रु १० मा तटबन्धसहित जालीको व्यवस्था गर्न लागिएको जानकारी दिए।

‘शिकारी खोलाको कटानले बस्तीमा असर पार्न थालेकाले तटबन्ध गर्न लागेका हौँ’, उनले भने, ‘करिब रु १० लाख खर्चेर बस्ती जोगाउन यो पहल थालेका हौँ ।’ 

उनका अनुसार यहाँ ७० परिवार बसोबास गर्दछन् । यो बस्ती ठोरीको हुलाकीसडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्दछ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १२ : ३७ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न