युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ « Khabarhub

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका वडा नं २ ले आयोजना गरेको एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा केही हुँदैन भनेर युवा पुस्तालाई भ्रमित गर्ने प्रयास भइरहेको भन्दै यस्तो आग्रह गरेका हुन् । 

‘देशमा केही भएन, हुँदैन भनेर गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भन्यो त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीले सत्यतथ्य के हो ? विवेकको प्रयोग गरेर बुझ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘लहै लहैमा नलागौँ ।  केही भएन भन्ने सत्य होइन । विगतमा के थियो र अहिले के  परिवर्तन भएको छ युवा विद्यार्थीहरूले आफ्नै अग्रज र अभिभावकहरूसँग सोध्नुभयो भने थाहा हुन्छ । धेरै कुरा भएको छ, अझै गर्न बाँकी धेरै छ ।’

उनले अहिले नेपालमा शिक्षा क्षेत्रमा विगतमा भन्दा धेरै प्रगति भएको बताए । आफूहरू विद्यार्थी हुँदा अध्ययनका लागि विषय छनौटको सीमितता रहेको भन्दै उनले अहिले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने अवस्था बनेको बताए। 

 ‘तपाईं हामीले नै हो नेपाल बनाउने । देशलाई विकास निर्माणको बाटोमा देशलाई अगाडि बढाउने’ उपप्रधानमन्त्री सिंहले भने। 

अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता अहिले नरहेको भन्दै देशमै बसेर उच्च शिक्षा लिन पनि सिंहले विद्यार्थीहरूलाई आग्रह गरे ।अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता अहिले नरहेको भन्दै देशमै बसेर उच्च शिक्षा लिन पनि सिंहले विद्यार्थीहरूलाई आग्रह गरे।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  २ : ४५ बजे

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी