भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा « Khabarhub

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा निकालेको छ ।

आदिकवि भानुभक्त आचार्यको २ सय १२ औं जन्म जयन्तीको अवसरमा आदिकवि भानुभक्तको तस्विर सहितको रथ यात्रा निकालिएको हो । रथयात्राले विराटनगर महानगरपालिका कार्यालयबाट शुरु भएर नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

सो क्रममा भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषामा उनले पुर्‍याएको योगदान बारेमा चर्चा गरिएको थियो ।

विराटनगरमा रहेका साहित्यकारहरुको बाक्लो उपस्थिति साथै विद्यार्थीहरूको सहभागितामा र्‍याली साथै भानुभक्तको विषयमा जानकारी गराइएको  थियो । रथ यात्रामा साहित्यकार, कलाकार, विद्यार्थी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ गते आइतबार देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ४ : २९ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री