प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध « Khabarhub

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ । 

बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन बनाएको कार्यदल गठनमा असहमति जनाउँदै विरोध गरे । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रतिबद्धता दिएअनुसार कार्यदल गठन नभएको उनको भनाइ छ । 

छानबिन कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको नाम राखेपछि प्रतिपक्षी दलले विरोध जनाएका छन् । कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म अवरोध जारी राख्ने प्रतिपक्षी दलको अडान छ । 

सभामुख रामचन्द्र मण्डलले कार्यदलमा मन्त्रीको नाम आएको अभ्यास नयाँ भएको र सरकारलाई अल्पमतमा राखेर कार्यदल गठन हुने अभ्यास पनि नयाँ रहेको बताए। 

सभामुख मण्डलले आर्थिक विधेयक पूरा हुन दिन र विनियोजन विधेयकमा असहमति भए विरोध जनाउन आग्रह गर्दै अर्थमन्त्री सुनिलकुमार यादवलाई जवाफ दिन समय दिएको दिए । तर प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गरेपछि उनले बैठक १० मिनेटको लागि स्थगित भएको घोषणा गरे । 

कार्यदलका सदस्यहरूमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक कनिष पटेल, नेकपा (एमाले)का संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव र नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादव हुन्।
 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ४ : ४५ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट