नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल « Khabarhub

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको बताएका छन् ।

साताव्यापी चीने भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किएका उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)ले नेपालको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर सहयोग गर्दै आएको र त्यसलाई निन्तरता दिने प्रतिबद्धता जनाएको बताए ।

सिपिसीको निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी उहाँले सिपिसीका नेताले नेपाललाई विकास सहायता प्रदान गर्नेतर्फ आफूहरु सधैँ सकारात्मक रहेको बताएका जानकारी दिए ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सत्तरिऔँ वर्ष पुगेको सन्दर्भमा नेता खनाल चीन भ्रमणमा गएका हुन् । बेइजिङमा रहँदा उनले सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ९ : ३२ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का