समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा « Khabarhub

समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप फुटबलमा समूहमा पहिलो स्थानसहित क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

समूह ‘डी’मा पहिलो भएको फ्रान्सले क्वार्टर फाइनलमा समूह ‘सी’मा दोस्रो भएको जर्मनीसँग खेल्ने छ। डल्फाइन कासकारिनो छाएको खेलमा फ्रान्सले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो।

सन् २०१७ को च्याम्पियन नेदरल्यान्ड्स पहिलो हाफको समाप्तिमा २–१ ले अघि थियो। खेलको २२ औं मिनेटमा सान्डियो टोलेटीको गोलमा फ्रान्सले अग्रता लिए पनि त्यसको चार मिनेट पछि नै नेदरल्यान्ड्सका लागि भिक्टोरिया पेलोभाले गोल गरिन्।

फ्रान्सकी सेल्मा बाचाले आत्मघाती गोल गरे पनि पहिलो हाफमा नेदरल्यान्ड्सले अग्रता लिएको हो।

६१ औं मिनेटमा कासकारिनोका उत्कृष्ट पासमा मारिया एन्टोनेट काटोले गोल गरिन्। त्यसको ६ मिनेट भित्रमा नै काटोको गोलमा कासकारिनोले दुई गोल गरिन्। इन्जुरी समयमा फ्रान्सकी सकिना कारचाउले गोल गरिन्।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : ०१ बजे

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले

एनसेल फाउन्डेसनले एनपीएल- २ का चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता