सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका– ६, घुस्कीमा गोली प्रहारबाट आइतबार राति एक किशोरीको हत्या भएको छ ।
मृत्यु हुनेमा हरिनगर–६ की १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
घरायसी विषयमा विवाद हुँदा किशोरीलाई उनकै भिनाजु भारत पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मियाले गोली प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीको भनाइ छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया