अपराधमा संलग्न भएको आरोपपछि दक्षिण अफ्रिकी मन्त्री बर्खास्त « Khabarhub

अपराधमा संलग्न भएको आरोपपछि दक्षिण अफ्रिकी मन्त्री बर्खास्त


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकी राष्ट्रपति किरिल रामाफोसाले सङ्गठित अपराधमा संलग्न भएको आरोप लागेका प्रहरी मन्त्री सेन्जो मुच्नुलाई बर्खास्त गरेका छन्।

आइतबार टेलिभिजन सम्बोधनमा राष्ट्रपति रामाफोसाले न्यायिक समितिले यो आरोपको छानबिन गर्ने बताउँदै सबैले राष्ट्रिय सुरक्षामा ध्यान दिनु पर्ने बताएका छन्।

उनले कानुन प्राध्यापक फिरोज काचालियालाई अन्तरिम प्रहरी मन्त्री चयन गरेका छन्। मुच्नुले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै छानबिनका लागि तयार भएको बताएका छन्।

सम्बोधनको क्रममा राष्ट्रपति रामाफोसाले मुच्नु माथि लागेको राजनीतिक हत्या र भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइएको छ।

६७ वर्षीय चुम्नु रामाफोसाको अफ्रिकन राष्ट्रिय काँग्रेसका प्रभावशाली नेता मानिन्छन्। मुच्नुले जारी गरेको वक्तव्यमा राष्ट्रपतिको निर्णयको स्वागत गर्दै छानबिनमा सहयोग गर्न आफू तयार भएको बताए।

आइतबार पहिलो पटक काजालु नाटालको प्रान्तीय प्रहरी प्रमुखले यो आरोप सार्वजनिक गरेका थिए। उनले आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न व्यापारीसँग आर्थिक लाभ लिएको प्रहरीले जनाएको हो।

सन् २०१८ मा टास्क फोर्स नै तयार गरेर उनले काजालु नाटालमा राजनीतिक हत्या गरेको आरोप पनि लगाइएको छ।

उनी सहितको औषधी सिन्डिकेट र कार्टेलिङमा धेरै उच्च पदस्थ राजनीतिक व्यक्ति समावेश भएको भन्दै अहिले छानबिन भइरहेको छ। प्रान्तीय प्रहरी प्रमुख काखान्जीका अनुसार उनले १२१ वटा अपराधका फाइल गायब पार्न लगाएका थिए।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : २५ बजे

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा