भोजपुरको ऐतिहासिक चण्डी बजारको संरक्षण « Khabarhub

भोजपुरको ऐतिहासिक चण्डी बजारको संरक्षण


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ ‘चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रुपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो ।

वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले चार लाख रुपैयाँ बजेट विनियोजन गरेर संरक्षण गरेको हो ।

‘किराँत संस्कृतिको जर्गेना गर्ने लक्ष्यले चण्डी बजारको संरक्षण गरेका छौँ’ वडाध्यक्ष राईले भने, ‘यो स्थानको संरक्षण नहुँदा स्थानीयलाई समस्या थियो । स्थानीयको मागलाई ध्यानमा राख्दै ऐतिहासिक तथा साँस्कृति स्थलको सरक्षण गरेका हौँ ।’

यो स्थानमा किराँत राईहरुले वर्षमा उद्यौली, उभौलीमा पूजाआजा गर्ने स्थानीयवासी दलबहादुर राईले बताए ।

यहाँको किराँत साकेन्वा चोकमा किराँत संस्कृतिको उजागर हुने गरी संरचना निर्माणले संस्कृतिको जर्गेनामा टेवा पुगेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : २६ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक