पक्राउ परेका विद्यार्थी नेताहरूलाई रिहा गर्न माग | Khabarhub Khabarhub

पक्राउ परेका विद्यार्थी नेताहरूलाई रिहा गर्न माग


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रहरीले पक्राउ गरेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न माग गरेको छ । 

अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरूलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरेका हुन् । 

प्रह्रीले नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका नेपाल कर्मश क्याम्पसका इकाई अध्यक्ष सरोज तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका निर्वतमान स्ववियु सभापति तथा सिनेट सदस्य श्यामराज ओझा, काठमाडौं जिल्ला अध्यक्ष अनसुल केसीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

यस्तै नेविसंघ नेपाल कर्मश क्याम्पसका उपाध्याक्ष तथा स्ववियु कोषाध्यक्ष सुशील खड्का, नेपाल इन्जिनियरिङ्ग कलेजका इकाई अध्यक्ष पृथ्वीजंग थापा, नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनका अध्यक्ष महेन्द्र खड्क, नेता उत्सव देवकोटा, रन्विर विष्ट, एलेक्स सिंघानियासहित दर्जनौं विद्यार्थी नेताहरू पनि प्रहरी हिरासतमा छन् । 

उनीहरू विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने, शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै प्रर्दशनका उत्रिएका थिए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ११ बजे

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

सिरहा – सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको

भूकम्पपीडित अफगानी नागरिक खुला आकाशमा रात बिताउन बाध्य

अफगानिस्तान – पूर्वी अफगानिस्तानमा विनाशकारी भूकम्प गएको तीन दिनसम्म पनि

ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम

ललितपुर– ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरु गरेको छ

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं– काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१-००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज