केन्टकी चर्चमा गोलीबारी, संदिग्धसहित तीन जनाको मृत्यु « Khabarhub

केन्टकी चर्चमा गोलीबारी, संदिग्धसहित तीन जनाको मृत्यु


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकाको दक्षिणी क्षेत्रमा पर्ने केन्टकीको एउटा चर्चमा एक बन्दुकधारीले दुई महिलाको हत्या गरेका छन् ।

यस्तै विमानस्थल बाहिर एक राज्य सैनिकलाई गोली हानी घाइते बनाएको समाचार संस्था ¥युटर्सले जनाएको छ ।

बन्दुकधारीलाई प्रहरीले गोली हानी मार्न सफल भएको अधिकारीहरूले बताएका छन् । लेक्सिंगटनको रिचमन्ड रोड ब्याप्टिस्ट चर्चमा ती महिलाहरूको हत्या भएको थियो ।

त्यहाँ दुई पुरुष पनि घाइँते भएका थिए । जसमा एक जनाको अवस्था गम्भीर रहेको लेक्सिंगटनका प्रहरी प्रमुख लरेन्स वेदर्सले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अधिकारीहरूले संदिग्ध व्यक्तिको नाम वा उमेर भनेका छैनन् ।

‘आज जस्तो दिनहरू अत्यन्तै कठिन हुन्छन्,’ वेदर्सले भने, ‘कहिलेकाहीँ यस्ता घटनाहरू हुन्छन् कि तपाईंसँग कुनै कारण हुँदैन ।’ उनले थपे, ‘फेयेट काउन्टीमा बिहान ११ः३० बजे ब्लू ग्रास विमानस्थल नजिकै रोकिएपछि संदिग्धले सैनिकमाथि गोली चलाएको थियो ।’

प्रहरीका अनुसार गोलीबारी विमानस्थल नजिकैको सडकमा भएको थियो । ती सैनिकको नजिकैको अस्पतालमा उपचार भइरहेको थियो र उनको अवस्था स्थिर थियो ।

त्यसपछि संदिग्ध व्यक्तिले विमानस्थलबाट करिब १० माइल (१६ किलोमिटर) टाढा रहेको गाडी चोरी गरे र रिचमन्ड रोड ब्याप्टिस्ट चर्चतिर भागे । जहाँ ती व्यक्तिले चर्च परिसरमा रहेका मानिसहरूमाथि गोली चलाउन थाले ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १२ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको