रास्वपा र राप्रपालाई सहमतिमा ल्याउन केही समय संसद् स्थगित गर्न प्रस्ताव « Khabarhub

रास्वपा र राप्रपालाई सहमतिमा ल्याउन केही समय संसद् स्थगित गर्न प्रस्ताव

सभामुखले भने- चौथो र पाँचौँ दल सहभागी नहुनु राम्रो होइन


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्मा जारी गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् ।

सोमबार भएको छलफलमा सभामुख घिमिरेले संसद् नियमित रूपमा सञ्चालन हुँदा केही दल सहभागी नभएकामा चिन्ता व्यक्त गर्दै संवाद र सहमतिमा जोड दिए।

‘संसद् अनन्तकालसम्म अवरुद्ध भइरहने स्थिति समाधान होइन। चौथो र पाँचौँ राजनीतिक शक्ति (राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी) समेत नियमित छलफलमा सहभागी नहुनु अत्यन्त दुखद कुरा हो’, उनले भने ।

उनले सत्तापक्ष, प्रतिपक्ष र अनुपस्थित दलहरूलाई पुनःवार्ता र संवादमा बस्न अपिल गर्दै आफूले सहजीकरणका लागि पहल गरिरहने बताए।

‘संसद्लाई विरोधको थलो होइन, समाधानको मञ्च बनाऔं,’ सभामुखको भनाइ थियो। उनले आगामी दुई साताभित्र सहमति खोज्न पुनः संवादमा बस्न दलहरूलाई आग्रह गरे।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपासँग सहमति खोज्ने प्रयास भइरहे पनि परिणाम नआएको बताउँदै केही समय संसद् स्थगन गरेर संवादमार्फत सहमति जुटाउनुपर्ने धारणा राखे ।

एमालेका सचेतक हितराज पाण्डेले भूमि सम्बन्धी विधेयकलाई समितिमा पठाएर फुल हाउसबाट पारित नगर्न सुझाव दिए। ‘दुई साता बैठक रोकेर दलहरूबीच साझा सहमति गरौँ,’ उनले भने ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद् निरन्तर अवरोधमा रहेको बताए । उनले भने, ‘महत्वपूर्ण विधेयक नभएको अवस्थामा साउनमा दुई साता बैठक रोकेर सहमतिका लागि वातावरण बनाउनुपर्छ।’

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुखले सरकारलाई सहमतिका लागि अपिल गर्नुपर्ने बताए । उनले चौथो र पाँचौं दलको अनुपस्थितिमा नियमित बैठक सञ्चालन गर्दा राम्रो सन्देश नगएको बताए ।

बैठकमा नेपाली कांग्रेसका श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार, राप्रपाका ज्ञानबहादुर शाही र एमालेका सचेतक सुनिता बराल सहभागी थिए । बैठकले आगामी साउन १५ गतेसम्मको कार्यसूचीमा सहमति जनाएको छ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : २६ बजे

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा