रास्वपालाई पानीको फोकाको संज्ञा दिँदै बजगाईंले भने- कांग्रेसमाथिको आक्रमणले हद नाघ्यो « Khabarhub

रास्वपालाई पानीको फोकाको संज्ञा दिँदै बजगाईंले भने- कांग्रेसमाथिको आक्रमणले हद नाघ्यो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लोकतान्त्रिक नेताहरूको ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले रास्वपालाई प्रचारबाजीले भरिएको पार्टीको संज्ञा दिँदै लोकतान्त्रिक नेताहरूको ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास गर्नुभन्दा पहिले आफ्ना दागहरू सफा गर्नसमेत सुझाव दिए ।

‘रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो । तिमी एक फोका मात्रै हौ— लोकतान्त्रिक नेताहरूको ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर,’ सांसद बजगाईंले भने, ‘पहिले आफ्ना दागहरू सफा गर्नुस् । तपाईं नपग्लदै मलाई कुनै मौका मिलेमा, तपाईंको अनियमितताविरुद्ध कडा अभियान चलाउनेछु — तपाईं मसँग टिक्न सक्नु हुने छैन ।’

रास्वपाले कांग्रेसमाथि गरेको आक्रमणको प्रयासले हद नाघेको जिकिर उनले गरे । ‘तपाईंहरूले हद आक्रमण प्रयास गर्नु भएको छ । मूलतः कांग्रेसमाथि,’ सांसद बजगाईंले भने, ‘यसकारण पनि तपाईंहरू प्रतिगामी गैरप्रजातान्त्रिक हो ।’

रास्वपाले अदालतको आदेश अवज्ञा गर्दै सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाइरहेको भन्दै सांसद बजगाईंले आपत्ति जनाए ।

‘घरमा चालक (शम्भु) दिल बहादुर थापाको रहस्यमय मृत्यु भयो । शालिकराम पुडाशैनीले दुरुत्साहनमा मर्नुपर्‍यो यी घटनाहरू निरूपण भयो भन्न सकिँदैन,’ उनले भने, ‘प्राकृतिक विपत्तिका बेला राष्ट्र एकजुट हुनुपर्नेमा, सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षर कार्यक्रम सञ्चालन गर्दैछन् ।’

आफूहरूले आफ्नो पार्टीभित्र भ्रष्टाचारविरुद्ध आजाव उठाइरहेको भन्दै रास्वपालाई आफ्नो पार्टीका घोटालाबाजको पक्षमा प्रश्न गरेर देखाउन पनि सांसद बजगाईंले चुनौती दिए ।

‘हामी पहाडबाट घाइते उद्धार गर्दैछौँ, ज्यान जोगाइरहेका छौँ, गरिबलाई रोजगारी दिइरहेका छौँ । भ्रष्टाचारविरुद्ध आफ्नै पार्टीभित्रै आवाज उठाउँछौँ । के तपाईंले पनि आफ्ना घोटालेबाजलाई कहिले प्रश्न गर्नुभयो ?,’ उनले प्रश्न गरे, ‘जो बोल्छ, उसको हालत ढकाराम र मुकुलजस्तो हुन्छ । अनि तपाईं हामीलाई लोकतन्त्र र कानुनी शासन सिकाउनुहुन्छ ?’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : ४८ बजे

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष

वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी