प्रिन्स ह्यारी र मेघन शाही सदस्यका रुपमा फर्केलान् ? गोप्य तस्बिर बाहिरिएपछि तनाव « Khabarhub

प्रिन्स ह्यारी र मेघन शाही सदस्यका रुपमा फर्केलान् ? गोप्य तस्बिर बाहिरिएपछि तनाव


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती राजकुमार ह्यारी शाही पदमा फर्कन हतारो गरिरहेको आरोप लागि रहेका बेला ह्यारी र मेघनले आफ्ना सञ्चार प्रमुख र राजाका एक सहयोगीसँग भेटघाट गरेको दृश्य क्यामेरामा कैद भएको समाचार बाहिरिएको छ । यो विषयलाई लिएर उनीहरू निराश भएको बताइएको छ ।

डेलीमेलका अनुसार मेघन (डचेस अफ ससेक्स) ले आइतबार राति मेरेडिथ मेन्स र राजाका सञ्चार सचिव टोबिन एन्ड्री बीच भेटघाट गरेको तथ्य आएको छ तर यो विषय उनीहरूले अस्वीकार गरेका छन् ।

ह्यारी र मेघनको बेलायती जनसम्पर्क टोली सञ्चालन गर्ने लियाम मग्वायर समेत क्लेरेन्स हाउस नजिकै रोयल ओभर–सीज लिगमा भएको बैठकमा थिए । डेलीमेलले भनेको छ– ‘यो एक निजी सदस्यहरूको क्लब हो, जुन केही हदसम्म विडम्बनापूर्ण रूपमा अन्तर्राष्ट्रिय मित्रताको पक्षमा छ र जसको राजा संरक्षक हुन् ।’

समाचार अनुसार ‘शान्ति वार्ता’ को व्यवस्था चार्ल्स वा ह्यारीले गरेका थिए भन्ने कुरा थाहा छैन तर दुवै पक्षले पेय पदार्थको आनन्द लिइरहेको तस्बिरहरूले मेलमिलापको आशा जगाएको छ ।

गत वर्ष राजा चार्ल्सलाई क्यान्सर भएको पत्ता लागेपछि ४० वर्षीय ह्यारी र उनका ७६ वर्षीय बुबा दुवै मेलमिलाप गर्न इच्छुक रहेको बताइएको छ । यद्यपि, ह्यारी र मेघनका असाधारण भेटघाटका तस्बिरहरू द मेल अनमा आइतबारमा प्रकाशित भएकोमा उनीहरू निराश भएको बताइएको छ ।

(ससेक्सहरू) शाही परिवार बैठकको विवरण अखबारलाई पठाउन जिम्मेवार नभएको राजकुमार ह्यारीका नजिकका स्रोतहरूले जोड दिएका छन् ।

द टेलिग्राफको आइतबार रातिको रिपोर्ट अनुसार अखबारको पहिलो पृष्ठमा विवरणहरू सार्वजनिक हुनु उनीहरूले शान्तिको नयाँ अध्यायको आदर्श सुरुवात थिएन । यसमा उनीहरूको स्वीकारोक्ति छ ।

बेलायती प्रेसको असहनीय घुसपैठ र दरबारबाट समर्थनको अभावको कारण देखाउँदै तत्कालीन बेलायती राजकुमार ह्यारी र उनीकी श्रीमती मेगन मार्केल (ड्यूक एण्ड डचेस अफ ससेक्स) ले २०२० मा वरिष्ठ राजपरिवारको रूपमा आफ्नो पद त्यागेका थिए ।

यो जोडी क्यालिफोर्नियामा बसोबास गरेदेखि उनीहरूले अन्तर्वार्ता, वृत्तचित्र, साथै ह्यारीको २०२३ को संस्मरण ‘स्पेयर’ मा आफ्ना गुनासोहरू व्यक्त गरेका छन् ।

शाही बहिर्गमनको पाँच वर्षपछि मेघन र ह्यारी पछुतो र सङ्घर्षमा जुधिरहेको सञ्चार माध्यमहरूमा टिप्पणी भइरहेको छ । टिप्पणीकारहरूले ह्यारी सन्दर्भमा निर्मम टिप्पणी पनि गर्दै आएका छन् ।

डेलीमेलमा सारा भाइनले टिप्पणी गरेकी छन्– ‘ह्यारी एक स्वार्थी केटा हो, जसको जिद्दी श्रीमती छ – र उसलाई विश्वास गर्न सकिँदैन । मलाई थाहा छ किन ऊ अचानक शाही समूहमा फर्कन यति हताश छ – र राजाले अब के गर्नुपर्छ…’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : १५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक