दुई ठूला दलको मिलोमतोमा संसद् ‘बिचौलियाको खेल मैदान’ भयो : प्रचण्ड « Khabarhub

दुई ठूला दलको मिलोमतोमा संसद् ‘बिचौलियाको खेल मैदान’ भयो : प्रचण्ड


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दलहरूले मिलोमतो गरेर संसद्लाई ‘बिचौलियाको खेल मैदान’ बनाइएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले नेपाली कांग्रेस र नेकपा एमालेको संसद्लाई ‘बिचौलियाको खेल मैदान’ बनाउने प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे । 

अध्यक्ष प्रचण्डले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिए । उनले सरकारले गम्भीर समीक्षा र कठोर निर्णयहरू नगरे परिस्थिति विस्फोटक बन्न सक्ने चेतावनी पनि दिए । 

उनले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरे । प्रचण्डले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गरे ।
 
‘के हामी शान्ति सम्झौताका बेला देखिएको सपनाअनुसार अघि बढिरहेका छौँ ?,’ प्रचण्डले प्रश्न गरे । उनले भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको र पछाडि पारिएका समुदायलाई राज्यले आवश्यक संरक्षण दिन नसकेको बताए । 

संसद र संसदीय समितिमा भइरहेका भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको बताए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : २० बजे

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा