पहिरोले बीपी राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले बीपी राजमार्ग अवरुद्ध


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काभ्रे– लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । सोमबार राति अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई सोमबार राति सडक अवरुद्ध भएको थियो ।

सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मङ्गलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो ।

रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ०६ बजे

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको

वरिष्ठ अभिनेता तथा निर्माता धीरज कुमारको निधन, भारतीय मनोरञ्जन उद्योगमा शोकको छायाँ

काठमाडौं– पछिल्ला दिनहरूमा भारतीय फिल्म तथा टेलिभिजन उद्योगले एकपछि अर्को

कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत

काठमाडौं– कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४औँ बैठकले आगामी

नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जना पक्राउ

सुर्खेत– नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच

करेन्ट लागेर एक जनाको मृत्यु

 चन्द्रपुर– रौतहटको मौलापुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ